धादिङ २३ माघ
नेकपा प्रचण्ड नेपाल समूह धादिङले आयोजना गरेको ¥यालीसहितको बृहत बिरोध सभामा हजारौँको सङ्ख्यामा नेकपा नेता कार्यकर्ता र सुभचिन्तकहरुले धादिङबेसीमा उपस्थिति जनाएका छन् । जिल्लाका १३ वटै पालिकाबाट ठुलो सङ्ख्यामा धादिङबेसी झरेका नेता कार्यकर्ता र सुभचिन्तकको भिडले दिनभर धादिङबेसीको ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ आयो । पुछार बजारबाट निकालिएको ¥याली सिरानबजार पुगेर बिच बजारमा आइ सभामा परिणत भएको थियो । धादिङ जिल्लाको इतिहासमै पहिलो पटक यति धेरैको सङ्ख्यामा राजनैतिक कार्यक्रममा नागरिकको उपस्थिति भएको नेकपा धादिङका एक नेता बताउछन् । उनी भन्छन् यो उपस्थिति संविधानको रक्षार्थ हो । प्राप्त उपलब्धिको रक्षार्थ हो । नेकपा स्थायी कमिटी सदस्य एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता तथा नेकपा केन्द्रीय नेताहरु विष्णुपुकार श्रेष्ठ, पुष्प विक्रम मल्ल, गङ्गालाल तुलाधर, शालिकराम जम्कट्टेल, कल्पना धमला लगायतको आतिथ्यता रहेको थियो । करिब १५ हजार जनता धादिङबेसी उतार्ने योजना बनाएको नेकपा धादिङले छोटो समयको तयारीमै योजना पुरा भएको र कार्यक्रम भव्यताका साथ सफल भएको आम धादिङबासीलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस