धादिङ, २२ माघ ।
धादिङमा प्रचण्ड नेपाल पक्षले शक्रबार (भोली) आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउनुहुने भएको छ । १५ हजार भन्दा बढी जनसहभागिता गराउने तयारी भएको उक्त विरोध र्याली पछि हुने सभा सम्बोधन गर्न नेता योगेश भट्टराई आउने निणर्य भएको नेकपा धादिङले जनाएको छ ।बिहिबार नै प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध विरोध गर्दै आन्दोलनमा उत्रिएको प्रचण्ड नेपाल पक्ष नेकपा धादिङले सदरमुकाम केन्द्रत जिल्ला स्तरीय विरोध प्रदर्शन कार्यक्रम पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस