धादिङ २१ माघ
केपि ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको बिरोधमा धादिङमा बुधबार साँझ मसाल जुलुस निकालेको छ । जुलुसका क्रममा प्रहरीको लाठिचार्जबाट एकजना आन्दोनलकारी घाइते भएका छन् । घाइते हुनेमा नेकपा धादिङका जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेल रहेको नेकपा धादिङले जनाएको छ । शान्तिपूर्ण रुपमा मसाल जुलुस समापन गर्ने क्रममा प्रहरी दमनको बिरोध गर्दा केही समय झडप समेत भएको थियो । सिरानबजारबाट सुरु भएको जुलुस पुछारबजारमा आएर समापन भएको छ । जुलुसमा सयौँको संख्यामा नेकपा प्रचण्ड माधव समूहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यस्तै संबैधानिक निकायका पदाधिकारी नियुक्तिको बिरोध भोली नेकपा प्रचण्ड नेपाल पक्षले देशभर आम हड्तालको घोषणा समेत गरेको छ । नेकपा प्रचण्ड माधव समूह केपि ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनको बिरुद्धमा आन्दोलनमा होमिएको छ ।
प्रतिक्रिया दिनुहोस