धादिङ २० माघ
धादिङको सिद्धलेक गाउँपालिकामा १० वर्षदेखि १९ वर्ष सम्मका किशोरीहरुलाई आइरन र फोलिक एसिड चक्की खुवाउने कार्यक्रमको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यतामा गाउँपालिका भित्रका शिक्षक र स्वास्थ्यकर्मीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । विशेष गरी १० वर्ष देखि १९ वर्षसम्मका किशोरीहरुको लागि रक्तअल्पता बढि हुने भएकोले रक्तअल्पता हुने समस्या कम गर्ने उद्धेश्यले उक्त कार्यक्रम सुरु गरिएको सिद्धलेक गाउँपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद सिलवालले जानकारी दिनुभयो । गाउँपालिकाले विद्यालय जाने किशोरीहरुको लागि विद्यालयबाट नै खुवाउने र विद्यालय नजाने किशोरीहरुको लागि समुदायको स्वास्थ्य संस्थाबाट आक्ष्रन र फोलिक एसिड चक्की खुवाउने सिलवालले बताउनु भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद सिलवाल र सुआहाराका डाक्टर श्याम अधिकारीले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका १५ वटा विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको सिलवालले जानकारी दिनुभयो । उक्त आइरन र फोलिक एसिड चक्की हरेक १३ हप्तामा खुवाईने छ ।
प्रतिक्रिया दिनुहोस