धादिङ १९ माघ
अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री केपि ओलीलाई श्रीपेच लगाएर गणतन्त्रको नयाँ राजा बन्न चुनौती दिएका छन् । नेकपा प्रचण्ड माधव पक्षीय धादिङको रुविभ्याली काठमाडौँ सम्पर्क समितिद्धारा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रमलाई संवोधन गर्दै तामाङले सो कुरा बताउनु भएको हो । केपि ओलीको राजावादीहरुसँग गोप्य साँठगाठ छ भन्ने कुरा पछिल्लो घटनाक्रमहरुले पुष्टी गर्दै गएको बताउँदै तामाङले ओलीलाई नागार्जुनतिरै एउटा डेरा खोज्दै गरे हुन्छ भनेर व्यङ्ग्य गर्नुभयो । यस्तै कार्यक्रममा विशेष अतिथि समेत रहेका संविधानसभा सदस्य धनबहादुर घलेले संविधानको कुनै पनि धाराले विभिन्न विकल्प रहँदासम्म संसद विघटनको परिकल्पना नगरेको बताउँदै प्रधानमन्त्री ओलीले जननिर्वाचित संसदको हत्या गरेको बताउनु भयो ।
नेकपा धादिङका युवा नेता रामसिं तामाङको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सहं संयोजक रञ्जित तामाङको प्रमुख आतिथ्यता तथा संविधानसाभा सदस्य धनबहादुर घलेको विशेष आतिथ्यता रहेको थियो । यस्तै नेकपा नेताहरु विनोदबाबु रिमाल, प्रदिप फ्युबा,तेज बहादुर गुरुङ लगायतका आतिथ्यता रहेको कार्यक्रममा धादिङको रुविभ्याली स्थायी घर भएर काठमाडौँ बसोबास गर्दै आएका सयौँ नेकपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम काठमाडौँस्थित ठमेलमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस