धादिङ १९ माघ
राष्ट्रिय परीक्षा बोर्डद्धारा सञ्चालित कक्षा १२ को परीक्षामा अल्पसङ्ख्यक चेपाङ समुदायको प्रतिनिधित्व गर्दै धादिङका आशिष प्रजा ३ दशमलब ९२ जिपिएका साथ उत्कृष्ट भएका छन् । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ रिचोकटार घर भएका प्रजा काठमाडौँको नयाँ बानेश्वरमा रहेको नोबेल एकेडेमीका व्यवस्थापन संकायका विद्यार्थी हुन् । अल्पसङ्ख्यक चेपाङ समुदायका भएता पनि राम्रो शैक्षिक पारिवारिक वातावरणमा हुर्किएका प्रजा सानैदेखि पढाइमा अब्बल रहदै आएको उनका शिक्षकहरु बताउछन् । हाल शैक्षिक पेशामा कृयाशील उनका बाबु तिलक चेपाङ भन्छन्, सानैदेखि पढाइमा चासो दिने र नतिजा उत्कृष्ठ हुदैँ आएकाले पनि यो सफलता हात पर्न सफल भएको बताउदै परिवारको शैक्षिक वातावरण, शिक्षकको शिक्षण सिकाई कला, विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको लगनशीलताले नै सफल र असफलता छुट्याउने बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस