धादिङ १९ माघ
बालविकास शिक्षक संघर्ष समिति धादिङले आइतबार धादिङबेसीमा ¥याली सहित शिक्षा विकास तथा समन्वय ईकाइ धादिङमा ज्ञापन पत्र बुझाएको छ । धादिङ जिल्लाभरका सम्पूर्ण बाल विकास शिक्षकहरुले शिक्षा विकास तथा समन्वय ईकाइका सूचना अधिकारी कृष्ण कुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ¥यालीमा सहभागीहरुले बालविकास शिक्षकहरुको दरबन्दी कायम गर, ६ हजार तलब चाहिँदैन, जस्ता नारा प्रस्तुत गरेका थिए । बालविकास शिक्षक संघर्ष समिति धादिङका संयोजक शोभा अधिकारीले पेशागत हिसाबले सबैभन्दा पीडित शिक्षकको रुपमा बालविकास शिक्षक भएको बताउनु भएको छ । बालविकास सहयोगी हामीलाई अरु शिक्षक सरहको पहिचान दिन पर्छ, अधिकारीले भन्नुभयो ।
धादिङका १३ वटै स्थानीय तहहरुका बालबिकास शिक्षकहरु ¥यालीमा सहभागी भएका थिए । केही समय अघि बालविकासका शिक्षकहरुले सम्बन्धित स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदा कुनै सुनुवाई नभएपछि शिक्षा विकास तथा समन्वय इकाई धादिङमा ज्ञापन पत्र बुझाउन आएको गङ्गाजमुना गाउँपालिका री की प्रतिभा तामाङले लामाले बताउनु भयो । ११ बुदै मागपत्र सहित शिक्षा विकास तथा समन्वय ईकाइमा ज्ञापनपत्र बुझाइएको हो ।
प्रतिक्रिया दिनुहोस