धादिङ १७ माघ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न ७ स्थित अचने मा.वि को शैक्षिक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम गौलीले सबै विद्यार्थी ,शिक्षक, अभिभावकहरुको मद्धतले नै विद्ययालयको शैक्षिक सबाल दर्बिलो रहन मदत पुगेको बताउनु भएको प्रधानाध्यापक झयराम सिटौलाले जानकारी दिनुभयो । साथै विद्यालयलाई अझै शैक्षिक स्तरमा अब्बल बनाउनको निम्ति सबै शिक्षकहरुलाई आफ्नो कर्तव्य पुरा गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा हरेक विद्यार्थीको शैक्षिक स्थितिको बारेमा कक्षा शिक्षकले आ– आफनो धारणा राख्नु भएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलराम गौलीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष देवराज धरेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक, सरोकारवाला निकाय, वुद्धिजीवी लगाएत शिक्षकहरुको उपस्थिती रहेको सहकर्मी प्रशान्त ढउन्याले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस