धादिङ १७ माघ
धादिङ उद्योग वाणिज्य संघ को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा धादिङबेशीमा सम्पन्न भएको हो । कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष खत्रीले संघले गर्दै आएको गतिविधीहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले तीन तहको सरकारले रोजगारी सिर्जना गर्ने खालको व्यवसायिक गतिविधि सञ्चालन गरेर नीजी क्षेत्रको व्यवसायलाई विकास गर्न सकियो भने आाम जनताले चाहेको विकास हुन सक्ने बताउनु भयो । साथै धादिङबाट धेरै तरकारीहरु काठमाडौँं निर्यात हुने गरेको बताउदै तराकारीलाई राख्ने चिस्यान केन्द्र निर्माण गर्नको निम्ति आफ्नो तर्फबाट ५० प्रतिशत सहयोग गर्ने बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उद्योग वाणिज्य संघले गर्दै आएका हरेक गतिविधीहरुमा जिल्ला प्रशासन कार्यलय धादिङले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै आगामी दिनहरुमा पनि अझै राम्रो काम गर्दै जान शुभकामना दिनुभयो । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी लगाएत व्यवसायीहरुको सहभागिता रहेको थियो । २०४८ सालमा स्थापना भएको उक्त संघमा हाल १ हजार ८ सय ४ व्यवसायीहरु आबद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस