धादिङ १६ माघ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेत्रावती डबजोङ गाउँपालिका गाउँपार्टी संगठन कमिटीको तेस्रो बैठक नेत्रावती डबजोङ ५ स्थित चरङ्गेमा सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिका गाउँपार्टी संगठन कमिटीका अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षतमा सम्पन्न भएको बैठकमा नीलकण्ठ नगरपालिकाका उप मेयर तथा नेकपा प्रदेश कमिटीका सदस्य मनराज भण्डारीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गत पुष ५ मा भएको संसद विघटनमा विदेशीहरुको पनि षड्यन्त्र रहेको बताउनु भयो । असंवैधानिक संसद विघटनको विरुद्ध २३ गते जिल्ला सदरमुकाम धादिङबेशीमा आयोजित विशाल विरोध सभामा उपस्थितिको लागि सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन समेत दिनुभयो ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष उर्मिला तामाङले प्रधानमन्त्री ओलीेको असंवैधानिक कदमले मुलुक राजनीतिक संकटको चक्रबिहुमा फसेको र आम जनताले दिएको अविभारालाई पुरा गर्न नदिएकोमा दुःख व्यक्त गर्नुभयो । नीलकण्ठ नगरपालिकाका उपमेयर तथा नेकपा प्रदेश कमिटीका सदस्य मनराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेत्रावती डबजोङ गाउँपालिकाका उपप्रमुख उर्मिला तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष चन्द्र बहादुर पल्ली मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुन्दर थापा, वडा नं. ५ का अध्यक्ष डम्बर बहादुर अधिकारी गाउँपार्टी संगठन कमिटीका सचिवालय सदस्यहरु डोलबहादुर अधिकारी, गणेश श्रेष्ठ राम बहादुर तामाङ लगाएत पार्टीका पालिका र वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । शुक्रबार सम्पन्न भएको बैठकले नेत्रावती डबजोङ गाउँपालिका गाउँपार्टी संगठन कमिटीको सचिवमा डम्बर बहादुर अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस