धादिङ १६ माघ
धादिङमा शहिद दिवसको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ४४ जनाले रक्तदान गरेका छन् । शुक्रबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ४३ जना महिला र १ सय १ जना पुरुष गरी जम्मा १ सय ४४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । टोल सुधार महासमिति युवा उपसमितिको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा जिल्ला अस्पताल धादिङको चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस