धादिङ १५ माघ
टोल सुधार महासमिति धादिङले शुक्रबार शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । टोल सुधार महासमिति युवा उपसमितिको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा जिल्ला अस्पताल धादिङको चोकमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागिएको टोल सुधार महासमितिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बढ्दो रगतको अभावलाई केहि मात्रामा सहयोग पुर्याउने र सहिदहरुको योगदान प्रति सम्मान गर्ने उदेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी हुन सम्पुणर्मा श्रेष्ठले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस