धादिङ १४ माघ
गत वर्ष आयोजना गरिएको सातौं धादिङ महोत्सव २०७६ को आयव्यय विवरण बुधबार सार्वजनिक गरिएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले धादिङबेशीमा पत्रकार सम्मेलन गरि महोत्सवको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । सातौं धादिङ महोत्सवबाट ५ लाख २१ हजार ६ सय ८ रुपैया ७५ पैसा नाफा कमाएको खत्रीले जानकारी दिनुभयो । महोत्सवबाट कुल ६५ लाख ११ हजार २ सय २२ रुपैया आम्दानी गरेकोमा महोत्सवमा ५९ लाख ८९ हजार ५ सय ३३ रुपैया २५ पैसा खर्च भएकोमा सबै खर्च कटाएर ५ लाख २१ हजार ६ सय ८ रुपैया ७५ पैसा नाफा कमाएको संघका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । महोत्सवबाट भएको नाफा रकम सामाजिक काममा खर्च गर्ने समेत धादिङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ । सातौं धादिङ महोत्सव २०७६ गत वर्ष फागुन २ गतेदेखि १३ गतेसम्म संचालन भएको थियो । गत वर्ष संचालन भएको महोत्सवको आयव्यय विवरण कोरोनाको महामारीका कारण सार्वजनिक गर्न ढिलाइ भएको संघका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस