धादिङ १४ माघ
धादिङमा बुधबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा गल्छी गाउँपालिका-१ का ३३ बर्षिय पुरुष, गल्छी-४ का ३८ बर्षिय पुरुष, गल्छी-६ का ४४ बर्षिय पुरुष र गजुरी गाउँपालिका-७ की ३३ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै जिल्लाभर कुल संक्रमितको सङ्ख्या भने १ हजार ५ सय ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस