धादिङ १३ माघ
नेपालमा बुधबार कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुदैछ । कोभिड नियन्त्रण, रोकथाम र उपचारमा फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, एम्बुलेन्स् चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनका कर्मचारीहरुलाई पहिलो चरणमा खोप दिईने स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले बताउनु भएको छ । बुधबार धादिङ जिल्लाका फ्रन्टलाईनमा खटिने कर्मचारीहरुलाई जिल्ला अस्पताल धादिङबाट खोप दिईने पौडेलले बताउनु भयो ।
धादिङमा जिल्ला अस्पताल धादिङका प्रमुख डा. त्रिभुवन चन्द्र झा र स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले पहिला खोप लगाउने छन् । खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उहाँले बताउनुभयो ।
खोप धादिङका सबै पालिकाहरुलाई विभाजन गरेर लगाईने छ । नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिको फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई १४ र १७ गते, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, गजुरी र गल्छी गाउँपालिकामा १५ र १८, रुवीभ्याली, खनियावास, गंगाजमुना, धनिवेशी र थाक्रेको लागि १६ र १९ गते, एम्बुलेन्स् चालक, सरसफाईकर्मी र शव व्यवस्थापनको लागि २० र अत्यावश्यक कारणले छुट भएका व्यक्तिहरुलाई २४ गते लगाईने पौडेलले बताउनु भयो । धादिङमा अहिले १३ सय ४० जनालाई पुग्ने खोप आएको छ ।
अहिले सरकारले फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई केन्द्रित गरेर पहिलो चरणको खोप लगाउन लागेको हो । अहिले पहिलो चरणको खोप फ्रन्टलाईटनमा खटिने व्यक्तिहरुलाई लगाए पनि उक्त खोप सबै नागरिक सम्म पु¥याउने सरकारको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस