धादिङ ११ माघ
धादिङमा आर्थिक वर्ष २०७७/०७८ को ६ महिना अवधिमा झुण्डीएर आत्माहत्या गर्नेको संख्या तुलनात्मक रुपमा बढेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार भेटघाट कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यलय धादिङका एसपी महेन्द्र खड्काले आर्थिक वर्ष २०७७/०७८ को ६ महिनाको अवधिमा ६४ जनाले झुण्डीएर आत्माहत्या गरेको बताउनु भएको हो । आर्थिक वर्ष ०७६/७७ मा ७१ जना र ०७५/७६ मा आत्माहत्या गर्नेको संख्या ६० मात्र रहेको थियो । पछिल्लो समयमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको र महिला तथा बालबालिकामाथीको हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएकोले यसको नियन्त्रण गर्न प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा सचेतनाको अभियानहरु संचालन गर्ने खड्काले बताउनुभएको छ ।
साथै यो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय धादिङमा २ सय १४ वटा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०७७/०७८ मा गर्दै आएको कामहरुको बारेमा जानकारी गराउदै १ करोड २५ लाख ८५ हजार राजस्व संकलन गरेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस