धादिङ १० माघ
शंखादेवी माध्यमिक विद्यालय बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ मझिमटार धादिङको ५५ औँ वार्षिक उत्सव तथा नव निर्मित भवन उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान संघीय सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी विशेष आतिथ्यता रहेको थियो भने उपाध्यक्ष देवि प्रसाद सिलवाल, वडा अध्यक्ष भुवन त्रिपाठी, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बोधराज पाठक लगायतको आतिथ्यता रहेको थियो । निवर्तमान संघीय सांसद भुमि त्रिपाठीको सांसद विकास कोषको रु. ५० लाख बजेटबाट निर्मित ४ कोठे विद्यालय भवन उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि त्रिपाठीले सिटिइभिटि अन्तरगतको प्राबिधिक शिक्षामा जोड दिने र हाल भएको ८० प्रतिशत साधारण धारका विद्यालयलाई प्राबिधिक धारमा विस्तारै लैजानुपर्ने बताउनु भयो । यस्तै विशेष अतिथि डल्लाकोटीले भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले हर तरहको सहयोग गर्ने तर शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिनुभएको विद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस