धादिङ १० माघ
ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको शनिबार भएको नयाँ कार्यसमितिका महासचिव र कोषाध्यक्षको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट महासचिवमा वद्रि प्रसाद सुवेदी अर्का प्रतिद्धन्दी मङ्ग बहादुर तामाङलाई पछि पार्दै १ सय ५५ मत सहित विजयी भएका छन् भने कोषाध्यक्षमा प्रमोद पोखरेल अर्का प्रतिद्धन्द्धी राजेश अधिकारीलाई पछि पार्दै १ सय ५९ मत सहित विजयी भएका छन् । ५४३ जना सेयर सदस्य रहेको यस सहकारीको नयाँ कार्य समितिका लागि महासचिव र कोषाध्यक्ष पदमा सहमति नजुटेपछि निर्वाचन भएको हो । कार्यसमतिका अन्य पदाधिकारी र सदस्यहरु भने यसअघि नै निर्बिरोध निर्वाचित भैसकेका छन् । संस्थाको अध्यक्षमा राम घले उपाध्यक्षमा ईश्वर धरेल, सचिवमा सम्झना लामिछाने सदस्यहरुमा भेषराज रिजाल, कृष्णराम पाठक, अमृतजंग भण्डारी, वीरेन्द्र कोईराला, बिनोद बाबु रिमाल चयन भएका छन् । यस्तै चन्द्र लम्सालको संयोजकत्वमा लेखा समित पनि निर्वाचित भएको छ । निर्वाचन सम्पन्न भएसँगे कार्यसमितिले पूर्णता पाएको छ ।
प्रतिक्रिया दिनुहोस