धादिङ १० माघ
शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार धादिङबेशीमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनमा बागमती प्रदेश सचिवालय सदस्य राम बहादुर भण्डारीले शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था धादिङ जिल्लाकै पहिलो सहकारी भएको बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भण्डारीले कतिपयले सहकारीलाई गरीखाने भाडो बनाएको हुनाले यसलाई व्यवस्थित बनाएर लैजान पनि आग्रह गर्नुभएको छ । साथै गत पुष ५ गते भएको संसद विघटनको निर्णय आत्माघाती र राष्ट्रघाती भएकोले अहिले सिङगो राष्ट्र नै प्रतिगमनको बिरुद्धमा उर्लिएको बताउनु भएको छ । अधिवेशनले पुनः केशरी पन्तको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । जसको उपाध्यक्ष श्याम प्रसाद न्यौपाने, सचिवमा शिव प्रसाद रिजाल, कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ चयन हुनुभएको छ यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजकमा चन्द्र बहादुर लम्साललाई चयन गरेको छ । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा धादिङका सचिव विजय बुर्लाकोटी, नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिना लगायत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एसईईमा उत्कष्ण नतिजा ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस