धादिङ ७ माघ
कोरोना भाईरसको विषम परिस्थितीमा अपाङ्गता भएका व्यक्तिहरु निकै जोखिम अवस्थामा रहेका छन् । कोभिड १९ को कारणले निम्तिएको संकट र सरकारले गरेको बन्दाबन्दीका कारण कयौं अपाङ्गता भएका व्यक्तिहरुको जिवन निकै दयनीय र कष्ठकर बन्न पुगेको छ । उक्त समस्यालाई मध्यनजर गर्दै सि.वि.एम.नेपालको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा बागमती प्रदेश भित्र रहेका ३५ जना अत्तिविपन्न एकै घरका ३ जना सम्म अपाङ्गता भएका घर र कोभिड- १९ वाट प्रभावित सबै वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । बुधबार अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमा सहजता पुर्याउने उद्देश्यले राहत उपलब्ध गराईएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका सुचना सहायक सञ्जय पुलामीले जानकारी दिनुभयो ।
महासंघले बागमती प्रदेशका काठमाण्डौ, भक्तपुर र ललितपुर बाहेक १० जिल्लाका ३५ जना कोभिड प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत स्वरुप ३० केजी चामल, नुन, तेल, दाल, चिनी, २ थान ब्लायन्केट, साबुन लगायतका सरसफाईका सामाग्री सहित प्रति ब्यक्ति रु. ११ हजार बराबरको दरले राहत उपलब्ध गराएको हो । जसअन्तर्गत शारीरिक अपाङ्गता भएका १४, बौद्धिक अपाङ्गता भएका ४, सुनाई सम्बन्धि अपाङ्गता ३, हेमोफोलिया अनुवंशिया रक्तश्रव अपाङ्गता भएका २, दृष्टि सम्बन्धि अपाङ्गता ९ र बहु अपाङ्गता २ गरी ३५ जनालाई राहत वितरण गरेको थियो । कार्यक्रममा सि.वि.एम.नेपालका प्रतिनिधी पदम महर, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल, महासंघ अन्तर्गतका पैरवी कर्ताहरु लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले उचित तवरले ध्यान दिन नसकेको हुदा अपाङ्गता भएका व्यक्तिको अवसर र सहजताका लागि सबै क्षेत्रबाट रचनात्मक सहकार्य हुन आवश्यक रहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका सुचना सहायक सञ्जय पुलामी बताउनु भयो ।
राहत वितरण फोटो
प्रतिक्रिया दिनुहोस