धादिङ ६ माघ
गजुरी गाउँपालिका वडा नं १ को आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई १ हजार ५ सय बराबरको स्टेशनरी तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका सामाजिक , आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । बालबालिकाहरुको ९० प्रतिशत मस्तिष्कको विकास ५ बर्षमा हुने भएकोले गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।
पत्तालीनी आधारभुत विद्यालयका प्रधानाध्यापक हरी बहादुर श्रेष्ठको अध्यक्षता तथा प्लानेट ईन्फान्ट एन्ड डेभलपमेन्टका नेपाल प्रमुख माया भर्बिष्ट, नेपाल प्रतिनिधि बुद्धिकुमार श्रेष्ठ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालको बिशेष उपस्थितिमा स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।
प्रतिक्रिया दिनुहोस