धादिङ ६ माघ
नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक बसेको छ । मंगलबार बसेको सचिवालय बैठकले ५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ । गत पुष ५ गते गरेको संसद विघटनको असंवैधानिक कदम विरुद्ध उक्त आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।
मंगलबार नेकपा नीलकण्ठ नगर कमिटीका अध्यक्ष दिपक विश्वकर्माको अध्यक्षतामा बसेको सचिवालय बैठकले ५ वटा आन्दोलनको प्रस्ताव तयार पारेको छ । जसअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीले आयोजना गरेको माघ ९ गतेको विशाल विरोध सभामा व्यापक मात्रामा जनसहभागिता गराउने निणर्य गर्दै नीलकण्ठ नगरपालिका भित्रको सबै वडा कमिटिको बैठक माघ १० गते सम्पन्न गरिसक्ने, माघ १७ गते जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुको बैठक भेला सम्पन्न गर्ने, २३ गते युवाहरुको मोटरसाईकल र्याली गर्ने, २४ गते नगरपालिका स्तरको विरोध सभा गर्ने निणर्य र फागुन १ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ, यसैगरी प्रधानमन्त्रीको आदेशमा राष्ट्रपतिले गरेको संसद विघटनप्रति देशभर विरोध प्रर्दशन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस