धादिङ ०५ माघ
पानी विनाको मानव जीवन कल्पना समेत गर्न सकिदैन । पानी छ र त मानव जीवन चलिरहेको छ । हरेक सेकेण्ड सेकेण्डमा मानिसको लागि पानी आवश्यक पर्छ । पिउनको लागि होस् अथवा सरसफाई गर्नको लागि होस् हरपल पानीको आवश्यकता पर्दछ । तर गर्मी मौसम सकिएर जाडो मौसम लागे पछि मानिसहरुले कम मात्रामा पानी खाने गरेको पाईन्छ । यसो गर्नु शरीरको लागि हानिकारक हुने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेल बताउनु हुन्छ । शरीरमा पानी कम हुँदा आँखा पोल्ने, मृगौलामा समस्या देखिने, पाचन प्रणालीमा समस्या हुने, जस्ता समस्या देखिने पौडेलले बताउनु भएको छ । साथै सामान्य रुपमा भए पनि कम्तिमा दुई लिटर जति पानी पिउन सके शरीरको लागि राम्रो हुने बताउनु भयो ।
सुनौ यसै विषयमा तयार पारिएको एक रिपोर्ट ।
प्रतिक्रिया दिनुहोस