धादिङ ४ माघ
धादिङमा आईतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनिवेशी नगरपालिकाको २ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै धादिङमा कुल कोरोना संक्रमिको संख्या १ हजार ५ सय ३१ पुगेको छ । त्यस्तै कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या भने १ हजार ५ सय २ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस