धादिङ ०३ माघ
शनिबार नीलकण्ठ नगरपालिकाको अगुवाइमा धादिङबेशीको थोपल खोला सरसफाई गरिएको छ । नीलकण्ठ नगरपालिका, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय धादिङ, टोल सुधार महासमिति, उद्योग वाणिज्य संघ धादिङ र नेपाल सेनाको संयुक्त पहलमा थोपल खोला सरसफाई गरिएको हो । बिगतमा पनि हरेक शनिबार थोपल खोला सरसफाई गरिदै आइएकोमा बिचमा रोकिएता पनि अब नियमत रुपमा हरेक शनिबार सरसफाई गर्ने नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले बताउनु भएको छ । खोला प्रदुषित हुँदा मानव स्वास्थ्यमा पनि असर गर्ने र वातावरण पनि प्रदुषित हुने हुनाले सरसफाई अभियान सुरु गरिएको भण्डारीले बताउदै यस अभियानमा साथ दिन सबै नगरवासीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस