धादिङ ०३ माघ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, धादिङले संसद विघटन विरुद्ध धादिङबेशीमा विरोध ¥याली प्रर्दशन गरेको छ । शनिबार असंवैधानिक संसद विघटन खारेज गर भारतीय विस्तारवाद मुर्दावाद भन्ने नाराका साथ विरोध ¥याली प्रर्दशन गरिएको हो । ¥यालीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, धादिङका विद्यार्थीहरुले केपी हामीलाई चाहिदैन सगरमाथा बेच्न पाईदैन, प्रतिगमनवादी ओली सरकार मुर्दावाद लगाएतका नारा प्रस्तुत गरेका थिए । धादिङबेशीको पुच्छारबजारबाट सुरु भएको ¥याली बीचबजारमा गएर कोण सभामा परिणत भएको थियो । ¥यालीकै क्रममा विद्यार्थीहरुले सांकेतिक रुपमा बयलगाढा प्रदर्शन समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस