धादिङ २ माघ
धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । शुक्रबार सघन सहरी तथा भवन निर्माण आयोजना धादिङ र जिल्ला प्रशासन कार्यालय धादिङको सहयोगमा प्रभातफेरी निकालिएको हो । “बुहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा साँझा सहकार्यमा जनधनको रक्षा”भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । धादिङबेशीको पुच्छार बजार बाट सुरु भएको र्र्याली सिरानबजार पुगि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यलयमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा, नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ड मा.वि. का सदस्यहरु लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस