धादिङ २ माघ
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनमा रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको कार्यक्रममा ५ जना महिला र ३१ जना पुरुष गरि जम्मा ३६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी बेनिघाट उपशाखा धादिङ, नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा, नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्त संचार सेवा ताहाचल काठमाण्डौंको संयुक्त आयोजना र एभरेष्ट बैंक लिमिटेडको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङले रगतको अभावलाई कम गर्ने उदेश्यका साथ विभिन्न मेला, महोत्सव, संघ संस्थाहरुको वार्षिक साधारण सभामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस