धादिङ २९ पौष
बुधबार गजुरी गाउँपालिका वडा नम्बर १ को जीवनज्योति बिद्यालयको बालबिकास कक्षाका ३६ जना बालबालिकाहरुलाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको छ । प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत १ हजार ५ सय बराबरको खेलकुद ,स्टेशनरी सामाग्री बाल विकास कक्षाका बालबालिकालाई प्रदान गरेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो । बाल विकास कक्षाका सामाजिक , आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरुको सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको अर्यालले बताउनु भयो । बालबालिकाहरुको मस्तिष्कको ८० प्रतिशत विकास जन्मदेखि ५ वर्षसम्मको अबधिमा हुने भएकाले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरी शैक्षिक रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजीकरण गर्ने गरी कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भएको छ । बाल बिकास सहजकर्ता लक्ष्मी उप्रेतीले अहिले बालबालिकाले प्राप्त गरेको शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजीकरणमा सहयोग पुग्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस