धादिङ २८ पौष
बागेश्वरी मा.वि वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कडेंलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्ध्घाटन गर्नुभएको थियो । कार्यक्रममा १५ औं योजनामा सार्वजनिक विद्यालयमा सुधार, लगानीमा वृद्धि लगायतका विषयवस्तुहरु समावेश गरिने तथा हाल ८० प्रतिशत सामुदायिक विद्यालय साधारण र २० प्रतिशत प्राविधिक धारतर्फ रहेको हुनाले अब ७० प्रतिशत प्राविधिक धारमा लैजाने र ३० प्रतिशत साधारण धारमा लैजाने प्रक्रियामा योजना आयोग रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेंलले बताउनु भएको छ । हाल सामुदायिक विद्यालयमा सामाजमा पछि परेका गरिब विपन्न बालबालिकाहरुको पहुँचमा वृद्धि देखिएकोले सरकारी स्कुललाई प्रोत्साहन गर्ने र नीजी स्कुललाई नियममन गर्न आवश्यक रहेको पनि बताउनु भयो । कार्यक्रममा दुईजना एम.बि.बि.एस उर्तीण गर्न सफल पूर्व विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । उक्त विद्यालय गत वर्षको सिकाई उपलब्धीमा गाउँपालिका भित्रका सामुदायिक विद्यालय मध्ये उत्कृष्ठ भएकोमा २ लाख पुरस्कार प्राप्त गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कडेंलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नेकपा नेता भुमि त्रिपाठी, प्रदेश सांसद सालिकराम जम्कट्टेल, गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य लगायतको आतिथ्यता रहेको तिलक चेपाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस