धादिङ पुस २८
धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा रहेको श्री सिद्धेश्वर माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले सिद्धेश्वरमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत १०० जना विद्यार्थीलाई ट्रयाकसुट र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । नानुका भट्टको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका सह सचिव तथा बागमती प्रदेशका प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टले सिद्धेश्वमा अध्ययनरत पूर्व विद्यार्थीहरुले सामुहिक रुपमा सहयोग प्रदान गर्नु अत्यन्त सुन्दर पक्ष रहेको बताउनु भएको थियो ।
विद्यालयका प्राध्यानाध्यापक हरि सिलवालले शुभकामना व्यक्त गर्दै विद्यालय हातामा भुतपुर्व पार्क बनाउन सकिएमा विद्यालयको सुन्दरता पनि हुने र भुतपूर्व विदार्थीहरुको स्मरण हुने बताउनु भएको थियो ।
कार्यक्रममा तात्कालिन बेला ९०५६का विद्यालय संचालन समितिका अध्यक्ष कृष्ण अर्याल, हालका अध्यक्ष एवं वडा अध्यक्ष कमल गुरुङ, विद्यालयका २४ जना शिक्षकहरुको आतिथ्यता रहेको थियो ।
पूर्व विद्यार्थी ०५६ को एसएलसी ब्याचले प्रमुख अतिथिलाई शैक्षिक उन्नयनको लागि योगदान गरेकोमा सम्मान पत्र, विद्यालयलाई हरेक क्षेत्रमा आफ्ना विद्यार्र्थीको प्रतिनीधिहरु हुने गरी विद्यार्थी उत्पादन गरेको भन्दै कदर पत्र र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
ट्रयाक सुट र खेलकुद सामाग्री वितरणका लागि आर्थिक सहयोग गर्ने सिद्धेश्वर ०५६ एस.एल.सि ब्याचका पूर्व विद्यार्थीहरु
१। राजन त्रिपाठी रु १५ हजार
२। सोम थापा रु।१० हजार
३। अशोक नेपाल रु।१० हजार ४१९
४। दिपक श्रेष्ठ रु।१० हजार
५। सुन्दर आले रु।६ हजार
७। नानुका भट्ट रु।५ हजार
८। अस्मिता सिलवाल पोडेल रु।५ हजार
९। राजेन्द्र त्रिपाठी रु।५ हजार
१०। इश्वर सिलवाल रु।५ हजार
११। नारायण सिलवाल रु।५ हजार
१२। केदार अर्याल रु।४ हजार ९००
१३। डिलबहादुर पाटा मगर रु।४ हजार ४५०
१४। सुसिला पोखरेल रु।४ हजार
१५। लक्ष्मण दुवाडी रु।४ हजार
१६। गिता अर्याल रु।४ हजार
१७। सावित्रा सिलवाल रु।३ हजार ५
१८। अप्सरा अर्याल रु।३ हजार
१९। सविता तिवारी त्रिपाठी रु।३ हजार
२०। राममायाँ लोहनी रु।३ हजार
२१। बविता कडेल रु।२ हजार
२२। सिता दुवाडी लम्साल रु।२ हजार
२३। मेनुका सिलवला रु।१ हजार
२४। पार्वती भट्ट रु।५ हजार
२५। मालती सिलवाल रु।५ हजार
२६ निरकमल थापा रु।२ हजार
प्रतिक्रिया दिनुहोस