धादिङ २८ पुष
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित मैदीकोटमा भोली देखि दोस्रो खड्गदेवी साँस्कृतिक उत्सव हुने भएको छ । माघे संक्रान्तीको अवसर पारेर २९ गते अर्थात् भोली बाट माघ १ गते सम्म उक्त साँस्कृतीक कार्यक्रम गर्न लागिएको हो । गाउँघरमा लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्ने र सँस्कृतीको जगेर्ना गर्ने उदेश्यका साथ धादिङ जिल्लाकै एतिहासिक ,धर्मिक एवम् पर्यटकीय स्थल (पृथ्वीनारायण शाहको ब्रतबन्ध स्थल) मैदीकोटको प्रचारप्रसार गर्ने उदेश्यका साथ सास्कृतिक उत्सव को आयोजना गरिएको खड्गदेवी युवा क्लब ज्वालामुखीका अध्यक्ष रिजन श्रेष्ठले जानकारी दिनुभयो ।
खड्गदेवी युवा क्लबको आयोजना, परिवर्तनशिल दलित युवा क्लबको सहआयोजना र ज्वालामुखी गाउँपालिका वडा नम्ब्र ३ को प्रायोजकमा सास्कृतिक कार्यक्रम गर्न लागिएको हो । २९ गते कार्यक्रमको उद्धघाटन गरि १० हल गोरु मध्ये भोली ५ हल गोरु जुधाईने र बाँकी हुने समुहलाई माघ १ गते जुधाईने श्रेष्ठले बताउनु भयो ।कार्यक्रममा रविन लामिछाने, सुमन थापा मगर, राजकुमार बाँनिया, अमृता लामिछाने, कल्पना दहाल, सुदिप कार्की, निर आले र करिस्मा ढकाल, लगायतका ख्यातिप्राप्त कालाकारहरुको उपस्थिती रहने छ । खड्गदेवी युवा क्लब ज्वालामुखीले गत वर्षको माघे सक्रान्तीको अबसर पारेर पहिलो खड्गदेवी साँस्कृतिक उत्सवको आयोजना गरिएको थियो । साथै भोली देखि सुरु हुने साँस्कृतीक उत्सव कार्यक्रममा सहभागि हुन आयोजकले सबैमा आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस