धादिङ २८ पुष
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा COYAN ( कोयान) नेपाल संस्था द्धारा ४ वटा विद्यालयका विद्यार्थीहरुलाई ट्र्र्याकसुट वितरण गरेको छ । जाडोको समयमा ट्र्र्याकसुट लगाएपछि विद्यार्थीहरुलाई पठनपाठन गर्न सहज होस् भन्ने उद्धेश्यले विद्यार्थीहरुलाई ट्र्र्याकसुट वितरण गरिएको हो ।
सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ को चित्रकालिका आधारभुत विद्यालयका ५० जना चेपाङ बालबालिका, वडा नम्बर ९ को पञ्चकन्या आधारभुत विद्यालयका ६० जना, पिपलडाँडा आधारभुत विद्यालयका ७० जना र महाकाली आधारभुत विद्यालयका ७० जना विद्यार्थी गरी २ सय ५० जना विद्यार्थीहरुलाई ट्र्र्याकसुट वितरण गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाका सहजकर्ता पुणर् चेपाङले जानकारी दिनुभयो । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ वडा अध्यक्ष विर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा COYAN नेपालका अध्यक्ष दिनेश कुमार कडेेंल, जनभावना बहुउदेश्य सहकारीका संचालक राजेन्द्र उप्रेतीको सहभागिता रहेको चेपाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस