धादिङ पौष २७
२९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धादिङमा मनाईएको छ । सोमबार “मेरा साना दःखले आज्र्याको मुलुक होईन चार जात छत्तिस वर्णको साँझा फुलबारी हो सबैलाई चेतना भया” भन्ने नाराका साथ धादिङबेशीमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २९९ मनाईएको हो । कार्यक्रममा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गरेका साहस र दुःखको बारेमा सहभागिहरुले जानकारी गराएका थिए । सुशासनका लागि हाम्रो नेपाल हामी नेपाल महाअभियान, धादिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ र क्षेत्री समाज नेपाल धादिङको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी कृष्ण प्रसाद दाहाल, शिक्षाविद् नवीन बन्धु पहाडी, मोहन कुमार श्रेष्ठ, नवराज श्रेष्ठ लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले पृथ्वी नारायण साहको योगदानको बारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस