धादिङ २७ पौष
राष्ट्रिय एकता दिवसको अवसर पारी युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३९ जना महिला र ३१ जना पुरुष गरी ७० जनाले रक्तदान गरेका छन् । सोही कार्यक्रमको अवसर पारी नीलकण्ठ माध्यमिक विद्यालय परिसरमै रक्तदाता उत्प्रेरणा तथा जनचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रमको आर्थिक सहयोग एभरेष्ट्र बैकले गरेको थियो । कोरोना सङ्क्रमणको कारण जारी लकडाउनले रक्तदान कार्यक्रमलाई बिचमा केही प्रभावित पारे पनि पछिल्लो समय नियमितजसो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरिदै आएको छ । यस आर्थिक वर्षको ६ महिनामा ११ सय ९८ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनु भयो । जसमध्ये २ सय ६२ जना महिला र ९३६ जना पुरुषले रक्तदान गरेका छन् । धादिङमा विभिन्न सहकारी, संघ संस्था, विद्यालय तथा मेला पर्वहरुमा अभियानकै रुपमा रक्तदानका कार्यक्रमहरु आयोजना हुदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस