धादिङ २६ पौष
नेपाल कम्युनिष्ट पार्टी नेकपा धादिङको उत्तरी क्षेत्रको काठमाडौँमा बसोबास गर्नेहरुको प्रशिक्षण कार्यक्रम काठमाडौँको बसुन्धरामा सम्पन्न छ । प्रदिप फ्युबाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य पुष्प विक्रम मल्ल, प्रदेश सभा सदस्य जगत सिंखडा, संविधान सभा सदस्य गुरु प्रसाद बुर्लाकोटी, धन बहादुर घले, शिक्षक नेता शङ्कर अधिकारी, युवा नेताहरु रामसिंह तामाङ, सेकेमान तामाङ, बिनोद बाबु रिमाल, फुर्र बहादुर तामाङ लगायको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले केपि ओलीको प्रतिगामी कदमका बिरुद्ध सडक संघर्षको बिकल्प नरहेकाले आम जनसमुदायहरु सङ्घर्षमा जुट्न आह्वान गर्दै संघर्षको मैदानबाटै छिनोफानो गर्ने बताउनु भयो । यस्तै संविधान सभा सदस्य धन बहादुर घलेले आफै संविधान निर्माणमा सहभागि भएको नाताले विकल्पहरु रहँदासम्म प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर राष्ट्रपतिले अनुमोदन गर्ने कुरा कही कतै उल्लेख नभएको बताउनु भयो । प्रशिक्षण कार्यक्रममा धादिङ जिल्लाको उत्तरी क्षेत्र स्थायी घर भई काठमाडौँमा बसोबास गर्दै आएका करिब ३ सय जना नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस