धादिङ पौष २६
नेपाली कांगे्रस धादिङले प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार प्रदेश निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रम गरेको छ । धादिङ जिल्लाको ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा कार्यक्रम गरिएको हो । शनिबार धादिङबेशीमा सम्पन्न भएको विरोध सभामा नेपाली कांग्रस धादिङका सभापति रमेश धमलाले अहिलेको सरकार भ्रष्टचारमा लिप्त भएको बताउनु भएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अधिनायकवादको बाटो रोजेको बताउनु भयो । अहिलेको सरकारले सुरु गर्न लागेको बुढिगण्डकी आयोजना नबन्ने पक्का भएको समेत धमलाले ठोकुवा गर्नुभयो । उक्त विरोध सभा धादिङबेशीको सिरानबजार बाट ¥याली सुरु भई पुच्छारबजार मुलचोकमा कोण सभामा परिणत भएको थियो । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ ख को विरोध सभा कार्यक्रम मार्पाक, बोराङ, दामन, पाख्रिन मार्ग बाट सुरु भई खनियावास गाउँपालिका वडा नम्बर ४ किन्ताङफेदीको दामन पाख्रिन शालिक अगाडी विरोध सभा गरिएको हो । त्यस्तै गरी क्षेत्र नम्बर १ क को विरोध सभा नौबिसे पुल बाट सुङगुरे खोलाको पुल हुँदै थाक्रे गाउँपालिका र धुनिवेशी नगरपालिका सिमाना पृथ्वी राजमार्गको दुई ठाउँबाट सुरु भई थाक्रे बजारमा कोणमा परिणत भएको हो । यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ ख को विरोध सभा कार्यक्रम आदमघाट र्पथ्वीराजमार्ग बाट मोटरसाईकल ¥र्याली सुरु भई फुर्के खोलाको कालुपाण्डेमार्ग हुँदै बुङचुङ पुगि सोही स्थानबाट फर्किएर फुर्केखोला पुल पृथ्वी राजमार्ग हुँदै जोगिमारा पुगि आदमघाट, बुङचुङ, मलेखु बजार, पेट्रोल पप्प अगाडी चरौदी बजार र जोगिमारा बजारमा कोण सभामा परिणत भएको हो ।
प्रतिक्रिया दिनुहोस