धादिङ पौष २६
ग्रामीण यातायात सहकारी सस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार धादिङबेशीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा जमरकट्टेलले नेपाली राजनीति अस्थिरता तिर अगाडि बढेकोले हाम्रा पेशा व्यवसाय धरासाय हुने हो कि भन्ने चिन्ता थपिएको बताउनु भएको । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसद विघटन गर्नु राष्ट्रकै लागि ठुलो दुर्भाग्य भएको बताउनु भयो । जम्कट्टेलले प्रतिनिधी सभा विघटन देशलाई अस्थितरतातिर लैजाने १७ सालको कु जस्तै भएको र यसको सबैले विरोध गर्नुपर्ने बताउनु भयो । ५ सय ४३ जना सेयर सदस्य रहेको ग्रामीण यातायात सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनमा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, नेकपा धादिङका सचिव विजय बुर्लाकोटी, नेकपा नेता सम्भु श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस