धादिङ २५ पौष
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं विघठित प्रतिनिधि सभा सदस्य खेम लोहनीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गनुभएको छ । खनियाबास गाउँपालिकाको र्झालाङमा शुक्रबार भएको गाउँपालिका स्तरीय भेला तथा सांस्कृतिक कार्यक्रमलाई संबोधन गर्दै लोहनीले देशभरका जनप्रर्दशनलाई हेर्दा पनि आम कार्यकर्ता र जनता ओली नेतृत्वको नेकपाकै पक्षमा रहेको पुष्टी भइसकेको बताउनु भयो । बैशाखमा चुनाव हुदैन भनेर केही पक्षले भ्रम छरेको बताउदै निर्वाचनको तयारी स्वरुप ओली नेतृत्वको नेकपा जनताका बिचमा आइसकेकाले निर्वाचन कुनै पनि हालतमा नरोकिने जिकिर गर्नुभयो । नेता लोहनीको प्रमुख आतिथ्यतामा ओली नेतृत्वको नेकपाले झार्लाङमा गाउँपालिका स्तरीय भेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । भेलाले सजिना थापा मगर अध्यक्ष र सुके गुरुङ सचीव रहने गरी ७५ सदस्यीय पालिका कमिटी समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस