धादिङ २५ पौष
नेपाली काँग्रेस धादिङले प्रतिनीधि सभा विघटन विरुद्ध शनिबार प्रदेश निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रमको आयोजना गर्दैछ । धादिङ जिल्लाको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा बिरोध सभा गर्न लागिएको नेपाली काङ्ग्रेस धादिङले जनाएको छ । बिरोध सभा प्रतिनिधि सभा क्षेत्र नं. १ क को बिरोध सभा नौबिसेबजार पुलबाट, सुङ्गुरेखोला पुल हुदै थाक्रे गाउँपालिका र धुनिबेसी नगरपालिकाको सीमाना, पृथ्वी राजमार्गको दुई ठाउँबाट सुरु भई धार्केबजारमा धार्केबजारमा कोण सभा गरिने कार्यक्रम रहेको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ ख को बिरोध सभा कार्यक्रम आदमघाट, पृथ्वी राजमार्गबाट मोटरसाइकल र्याली सुरु भई फुर्केखोला पुल, कालूपाण्डे मार्ग हुँदै बुङचुङ पुग्ने र बुङचुङबाट फर्किएर फुर्केखोला पुल पृथ्वी राजमार्ग हुँदै जोगिमारासम्म पुग्ने कार्यक्रम सहित आदमघाट, बुङचुङ, मलेखुबजार पेट्रोलपम्प अगाडि, चरौंदीबजार र जोगिमारा बजारमा कोण सभा हुनेछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ क को बिरोध सभा कार्यक्रम धादिङबेसी सिरानबजारबाट ¥याली सुरु भई पुछारबजार मूलचोकमा कोणसभा गरिने छ । प्रतिनिधि सधा क्षेत्र नं. २ ख को बिरोध सभा कार्यक्रम मार्पाक, बोराङ, दामन पाख्रिन मार्गबाट सुरु भई खनियावास गाउँपालिका, वडा नं ४, किम्ताङफेदीको दामन पाख्रिन शालिक अगाडि बिरोध सभा गरिने नेपाली काङ्ग्रेस धादिङले जनाएको छ । बिरोध सभाको आयोजक सम्बन्धित प्रदेश स्तरीय समिति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस