कृष्ण बहादुर लामिछाने
गोरखा जेष्ठ १३
पुर्णखोप दिगोपना सम्बन्धी वडा स्तरीय छलफल तथा अन्र्तक्रिया कार्यक्रम तान्द्राङ स्वास्थ्य चौकी तान्द्राङ गोरखामा सम्पन्न भएको छ । २०७२ साल जेठ १२ गते साविकको तान्द्राङ गाविस हालको भिमसेन थापा गाउँपालिका २ र ३ नम्बर वडा पूर्ण खोप घोषणा भैसकेकोले तान्द्राङ स्वास्थ्यचौकी तान्द्राङको आयोजनामा पुर्ण खोप दिगोपनाको लागि साझेदार स्थानीय स्वास्थ्य सस्ंथा सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरु र वडा खोप समन्वय समितिबीच छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वस्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष रहने गरी १५ सदस्यीय वडाखोप समन्वय समिति गठन गरीएको छ । अनमी लक्ष्मी बरामले स्वागत मन्तव्य राख्नुभएको र स्वास्थ्यचौकी प्रमुख सुशिला काप्री र अनमी अस्मी श्रेष्ठले कार्यक्रमको सहजीकरण गनुभएको थियो । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउपालिकाकी उपाध्यक्ष विनु वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । वडा नम्बर २ का वडा अध्यक्ष नारायण भटराईको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर २ र ३ का निर्वाचित जनप्रतिनिधिहरु, व्यवस्थापन समितिका सदस्यहरु, स्वास्थ्यकर्मी महिला स्वयमसेविकाहरु खोप समन्वय समितिका सदस्यहरु र पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस