धादिङ २४ पौष
नीजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) धादिङको अध्यक्षमा चिल्ड्रेनपार्क आवासीय बोर्डिङ स्कुलका सञ्चालक विनोदमान श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार प्याब्सन धादिङको विशेष भेलाले चिल्ड्रेनपार्क आवासीय बोर्डिङ स्कुलका सञ्चालक विनोदमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । धादिङबेसीस्थित कार्यालयमा सम्पन्न प्याब्सन धादिङको विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा शान्तिदीप एकेडेमीका दिनेश भट्ट उपाध्यक्ष, राइजिङ स्टार बोर्डिङ स्कुलका टीका थपलिया सचिव, ब्लुमिङ लोटस बोर्डिङ स्कुलका सञ्जीव गजुरेल सह सचिव, सुनगाभा एकेडेमीका रामहरि अधिकारी कोषाध्यक्ष र चाइल्डकेयर बोर्डिङ स्कुलबाट संगिता श्रेष्ठ सह कोषाध्यक्ष चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस