धादिङ २४ पौष
प्रतिनिधिसभा विघटको विरोध गर्दै धादिङका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएका छन् । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेकोे विरोधमा प्रचण्ड–नेपाल पक्षको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार धादिङ जिल्लामा नेताद्वय पूर्व शिक्षा मन्त्री गंगलाल तुलाधर र नेता विष्णुपुकार श्रेष्ठको नेतृत्वमा गएको नेकपा कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाइएको हो । प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपाले शुक्रबार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस