धादिङ २३ पुष
धादिङमा बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा गल्छी गाउँपालिका वडा नं २ का ४६ बर्षिया महिला र वडा नं ६ की ५४ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको छ । त्यस्तै आज नै ४ जना संक्रमित निको भए सँगै कुल निको हुनेको संख्या १ हजार ४ सय ८८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस