धादिङ पौष २२
नेपाल रेडक्रस सोसाईटी धुनिवेसी उपशाखा धादिङको दोस्रो साधारण सभाको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार धुनिवेसी नगरपालिका १ स्थित भन्ज्याङ पोखरी परिसरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५ जना महिला र २८ जना पुरुष गरी जम्मा ३३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी धुनिवेसी उपशाखा धादिङको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । रगतको अभावलाई परिपूर्ति गर्ने उद्धेश्यले विभिन्न मेला, महोत्सव, वार्षिक साधारण सभा लगायतका कार्यक्रमहरुमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङले रक्तदान कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस