धादिङ २२ पौष
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ मा दुई दिने आधारभूत स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । बुधबार ICDC धादिङको आयोजना र KKS जर्मनी र ज्वालामुखी गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको मनोविमर्शकर्ता राजन दुवाडीले जानकारी दिनुभयो । पुष २० गते पिपलटार स्वास्थ्य इकाईको शिविरमा १ सय २ जनाको स्वास्थ्य परीक्षण गराएको र १७ जनालाई मनोपरामर्श दिइएको थियो । यस्तै २१ गते रातमाटा स्वास्थ्य विन्दुमा भएको शिविरमा ८० जनाले स्वास्थ्य परीक्षण गराएकामध्ये १६ जनालाई मनोपरामर्शकर्ता राजन दुवाडीले परामर्श दिनुभएको हो । दुई दिनसम्म भएको शिविरमा ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ, ईन्द्र बहादुर थापा, सुशिला श्रेष्ठ, रञ्जिता थापाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । साथै स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधिहरु वितरण गरिएको थियो । शिरिवमा ICDC का कार्यसमिति सदस्य बलराम लम्साल ,कार्यक्रम ब्यबस्थापक विनोद रिजाल, कार्यक्रम संयोजक सुरेन्द्र पाठक लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस