धादिङ २२ पौष
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठ नगरपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम यही पौष २४ गते हुने भएको छ । प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि देशैभर नेकपाले बिरोधका कार्यक्रम गर्दै आएको छ । धादिङबेसी स्थित क्रिक रिसोर्ट सिरानबजारमा बिहान ११ बजेबाट कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको नेकपा नीलकण्ठ नगर संगठन कमिटिका अध्यक्ष दिपक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु विष्णु पुकार श्रेष्ठ, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, पुष्प विक्रम मल्ल, कल्पना धमला लगायतका केन्द्रीय नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । साथै कार्यक्रममा जिल्ला नेताहरु गुरु बुर्लाकोटी, राम बहादुर भण्डारी, विजय बुर्लाकोटीलगायतको आतिथ्यता रहने छ । नेकपा धादिङले पनि पार्टी केन्द्रको घोषित आन्दोलनका कार्यक्रमसँगै जिल्ला, स्थानीय तह र वडा तहमा विभिन्न आन्दोलन र बिरोधका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साथै कार्यकर्ता प्रशिक्षण, बैठक, सुभेच्छुक सुभचिन्तक भेटघाट कार्यक्रमलाई पनि जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस