धादिङ २१ पौष
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटको आयोजनामा प्रधानमन्त्री तथा राष्ट्रपतिको असंवैधानिक कदमको विरोद्ध गर्दै वृहत मोटरसाईकल ¥याली सम्पन्न भएको छ । नेकपा धुवाकोट गाउँकमिटिका अध्यक्ष अब्जनाथ सापकोटाको अध्यक्षता तथा नेकपा बागमती प्रदेश जनसम्पर्क मञ्चका सदस्य सोम्बोले तामाङ, जिल्ला कमिटि सदस्य फ्रन्द्रा तामाङ, नवराज दुवाडी, श्याम बहादुर शाह लगाएतका नेताहरु ¥यालीमा सहभागि हुँदै कोण सभालाई सम्बोधन गरेका थिए । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटको पात्ले बाट सुरु भएको ¥याली गहते, छाप, रिमाल्डी, डाँडागाउँ भँगेरीस्थान हुँदै अम्बोटे नेपाल टोलमा कोण सभा सहित प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेश जनसम्पर्क मञ्चका सदस्य सोम्बोले तामाङले प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी ढङगले गरेको प्रतिनिधी सभा विघटन विरुद्ध एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताउदै अब पूर्व एमाले पूर्व माओवादी भन्ने पार्टी नरहेको र सिंगो नेपाल कम्युष्टि पार्टी नेकपा भएको हुँदा केपी गुटका केही व्यक्तिहरुले केपी ओली रहेको गुट हाम्रो एमाले पार्टी हो भन्दै भ्रम सिर्जना गरेको हुँदा भ्रममा नपर्न र पछि नलाग्न आग्रह गर्दै सूर्य चिन्ह र नेकपा हाम्रै रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस