धादिङ पौष २१
स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुलाई सही सदुपयोग गर्नुपर्ने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित विशालटारको खाद्य पोषण, परिकार र उपभोग सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो । साथै स्थानीय स्तरमा लोप हुँदै गएका खाद्य बस्नुहरुको उत्पादन गर्नको निम्ति आधुनिक कृषि प्रणालीलाई जोड दिन आवश्यक रहेका बताउनु भयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डाक्टर हुमा बथिम र डाक्टर केशरी लक्ष्मी बज्राचार्यले नागरिकहरुले कस्तो प्रकारको खाद्यन्न उपभोग गर्छन् ? तथा उपयोगिताको बारेमा सहजीकरण गनुृभएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको सहजकर्ता पूर्ण चेपाङले जानकारी दिनुभयो । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष देवी प्रसाद सिलवाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई लगाएत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस