धादिङ पौष २१
समुदायको आवाजलाई बुलन्द गर्नुपर्नेमा सहभागिको जोड धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज स्थापनाको १३ औं वर्ष पुरा गरि मंगलबारदेखी १४ औं वर्षमा प्रवेश गरेको छ । समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङ १४ औं वर्षमा प्रवेशको अवसरमा रेडियोको आफ्नै भवनमा मंगलबार चियापान कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा सहभागिहरुले सामुदायिक रेडियो भएपछि बढि मात्रामा समुदायको आवाजलाई बुलन्द गर्नुपर्नेमा जोड दिएका थिए । साथै युवा लक्षित कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी लगाएत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते अर्थात आजकै दिनदेखी धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको हो ।
प्रतिक्रिया दिनुहोस